आज मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णयको अपेक्षा

Thankot Times

थानकोट ।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। शाहले सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यो बैठक शाह नेतृत्वको सरकार गठनपछि बस्न लागेको दोस्रो मन्त्रिपरिषद् बैठक हो।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक आयोजना गरेका थिए।

उक्त बैठकले शासकीय सुधारलाई केन्द्रमा राख्दै एक सय बुँदे कार्यसूची पारित गरेको थियो।

आज बस्ने बैठकले पनि समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ