नागढुंगा-मुग्लिन सडक खण्डमा चैत १७ देखि १९ गतेसम्म राति सवारी आवागमन रोक्ने निर्णय
थानकोट ।
मुग्लिन-नागढुंगा सडक खण्डमा सुधार कार्य सञ्चालनका लागि आगामी तीन दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-४ अन्तर्गत घोप्टेभिरसहित विभिन्न स्थानमा सडक स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले चैत १७ देखि १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालन रोक्ने निर्णय गरिएको हो।
सडक आयोजनाका अनुसार पटक-पटक आवागमन अवरुद्ध हुँदा यात्रुहरूलाई असुविधा भएको गुनासो आएपछि निश्चित समय निर्धारण गरी अत्यावश्यक बाहेकका सवारी साधन रोक्ने व्यवस्था मिलाइएको हो।
निर्धारित समयावधिमा वैकल्पिक व्यवस्था अपनाउन र आवश्यक बाहेकका यात्रा स्थगित गर्न सम्बन्धित निकायले सर्वसाधारणलाई अनुरोध गरेको छ।















