एएफसी एसियन कप छनोट: आज नेपाल र लाओसबीच खेल हुँदै
थानकोट ।
नेपाल नेपालले एएफसी एसियन कप छनोटको अन्तिम खेलमा आज लाओसको सामना गर्दैछ ।
खेल लाओस राष्ट्रिय रंगशालामा स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन् ।
दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन् ।
त्यसैले दुवै टोली जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छन् ।
नेपालका प्रशिक्षक गुग्लिमो एरेना जित्नैका लागि मैदान उत्रिने बताउँछन् । ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु’ एरेनाले खेलअघिको पोस्ट म्याच कन्फिरेन्समा भनेका थिए, ‘लाओस राम्रो टोली हो । तर, हामी जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं ।’
ऐरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।
हालसम्म नेपाल र लाओसबीच ७ खेल भएका छन् । जसमा नेपालले तीन र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा तीन खेल बराबरीमा सकिएको छ । ए
एफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।















