चेक अनादार मुद्दामा चन्द्रागिरिका पुरुष समातिए

Thankot Times

थानकोट ।

चेक अनादार (बिगो) मुद्दाका फरार प्रतिवादी एकजना पुरुष पक्राउ परेका छन् ।

२०८० साल साउन २० मा जिल्ला अदालत काठमाडाैंले ८ लाख पचास हजार रुपैयाँको फैसला अनुसार बिगो रु. ८ लाख ५० हजार बापत २ वर्षको कैद राख्ने आदेश गरेपछि उनी फरार थिए ।

चन्द्रागिरि नगरपालिका बस्ने ती पुरुष चैत्र १२ गते बिहीबार  कलंकीबाट समातिएका हुन् ।

काठमाडाैं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार पक्राउ परेका ती पुरुषलाई आइतबार काठमाडाैं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *