काठमाडौंका तत्कालीन सीडीओ रिजाल पनि पक्राउ

Thankot Times

थानकोट ।

प्रहरीले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई पक्राउ गरेको छ ।

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा उनलाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

गत २३ र २४ भदौमा ठूलो मानवीय क्षति हुने गरी भएको विद्रोहका बेला रिजाल जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा थिए ।

यस प्रकरणमा प्रहरीले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गत शुक्रबार बसेको नवगठित मन्त्रिपरिषद्‌को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अनुसन्धान अगाडि बढाएको प्रहरीले रिजाललाई पक्राउ गरेको हो । रिजालमाथि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *