प्रतिनिधि सभाको पहिलो बैठकअघि सर्वदलीय बैठक बस्ने

Thankot Times

थानकोट ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको पहिलो बैठक बस्नुअघि सर्वदलीय बैठक आह्वान गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सो बैठक अघि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *