प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा
थानकोट ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।
उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका हुन् ।
कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका थिए ।
कानून व्यवसायीका रुपमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि राउत प्रधानन्यायाधीश बनेका थिए ।
राउत अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछिन् ।















