अब म मेयर, वडाध्यक्षको उमेदवार हुँ भन्दै चियाचोकमा रास्वपाका कार्यकर्ताले फुटनी लगाएपछि….
थानकोट ।
संसदीय निर्वाचनमा अभूतपूर्व जनमत पाएपछि हाैसिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आफुलाई स्थानीय तहको प्रमुख, वडाध्यक्ष लगायतको पदका लागि उमेदवार भएको घोषणा गर्न थालेपछि सो पार्टीबाट विज्ञप्ति नै जारी गर्नुपरेको विषय सार्वजनिक भएको छ ।
रास्वपाको सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालिका कमिटिले चैत्र १५ गते विज्ञप्तिमार्फत भनेको छ- उमदेवारी घोषणा गरेको विषय पार्टीको विधान र सिद्धान्त विपरित छ, यस्ता क्रियाकलाप नगर्न, नगराउन सचेत गराइन्छ ।
साथै, यस्ता कार्यहरूमा संलग्न भएको प्रमाण फेला परेमा पार्टीको विधी विधान बमोजीम आवश्यक कारबाही गरिने व्यहोरा अनुरोध छ ।
विज्ञप्ति हेराैंः
















