एएफसी एसियन कप छनाेटः नेपाल अन्तिम खेलमा लाओससँग पराजित
थानकोट ।
एएफसी एसियन कप छनाेटकाे आफ्नो अन्तिम खेलमा नेपाल घरेलु टाेली लाओससँग पराजित भएकाे छ । मंगलबार लाओस राष्ट्रिय रंगशालामा भएकाे खेलमा नेपाल घरेलु टाेली १–० गाेलले पराजित भएकाे हाे ।
कप्तान बाेउनफचान बाेउनकाेङले दोस्रो हाफमा गरेकाे एकमात्र गाेफ लाओसलाई जित दिलाउन पर्याप्त बन्याे । उनले ४८औँ मिनेटमा गाेल गरेका थिए ।
खेलमा दुवै टाेलीले पाएका केही अवसरलाई भने सदुपयाेग गर्न सकेनन् । खेलकाे ३४औँ मिनेटमा लाओसका खेलाडीकाे प्रहार बारमा लागेर फर्किँदा नेपाल गाेल व्यहाेर्नबाट जाेगियाे ।
मनिष डाँगीकाे प्रहार पाेस्ट नजिकैबाट बाहिरिँदा नेपालले ४०औँ मिनेटमा अग्रता लिने अवसर गुमायाे । यही खेलमार्फत फरवार्ड युवराज खड्का र मिडफिल्डर पेम्बादाेर्जे लामाले अन्तर्राष्ट्रिय डेब्युकाे अवसर पाए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा लाओसका खेलाडीले गाेल लाइनबाट बल बचाउँदै नेपाललाई बराबरी गर्न दिएनन् । युवराजले पहिलाे राेजाइमै माैका पाउँदा पेम्बा दोस्रो हाफमा दिपेश गुरुङकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।
जितसँगै समूह `एफ´काे लाओसले ६ खेलबाट ६ अंक जाेडेकाे छ ।
पराजित नेपालल समान खेलबाट ३ अंकका साथ पुछारमा रहेर प्रतियाेगिताकाे अन्त्य गरेकाे छ ।















