ठूलो भर्याङमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी बसेका युवाको मृत्यु
थानकोट ।
काठमाडौं महानगरपालिका-१५ ठूलो भर्याङमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्र ३-०१-००६ ख ०१७२ नम्बरको टिपरले प्र ३-०२-००८ प २२२१ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं महानगरपालिका-१५ चमती बस्ने अर्घाखाँची घर भएका ३२ वर्षीय खेम बहादुर महतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर ना. ५ ख १०१२ नम्बरको ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो ।
प्रहरीले टिपर र ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।














