साफ यू-२० च्याम्पियनसीप: सेमिफाइनलनमा नेपाल बंगलादेशसँग पराजित
थानकोट ।
नेपाल जारी साफ यू-२० च्याम्पियनसीपबाट बाहिरिएको छ । बंगलादेशसँग १-० ले पराजित भएपछि नेपालको चुनौती समाप्त भएको हो ।
बुधबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न सेमिफानइलमा बंगलादेशलाई जित दिलाउन मोहम्मद मनिक निर्णायक बने ।
मनिकले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै बंगलादेशले जित निकालेको हो । उनले ११औँ मिनेटमा बंगलादेशलाई अग्रता दिलाएका थिए । जितसँगै बंगलादेश च्याम्पियनसिपको तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशले अब उपाधिको निम्ति श्रीलंका र भारतबीचको विजेतासँग खेल्ने तालिका छ । बंगलादेशले यसअघि सन् २०२२ र सन् २०२४ मा सम्पन्न च्याम्पियनसिपको पहिलो र दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको थियो ।
समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको बंगलादेशले समूह चरणमा दुई खेल खेल्दा समान एक जित र बराबरी गरेको थियो ।
नेपालले भने समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै नौ अंक जोडेको थियो ।
अपराजित रहेको नेपालले भुटानलाई २–१, श्रीलंकालाई १–० र माल्दिभ्ससँग १–१ को बराबरी गरेको थियो ।














