थानकोटमा ५३ वटा सवारीसाधनको विशेष प्रदुषण जाँच, २३ वटा फेल

Thankot Times

थानकोट ।

काठमाडौंको प्रमुख नाका थानकोट सडक खण्डमा गरिएको विशेष प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार दिउँसो सञ्चालन गरेको आकस्मिक चेकिङका क्रममा ती सवारी साधनलाई कारबाही गरिएको हो ।

थानकोट सडक खण्डमा गुडिरहेका कुल ५३ वटा सवारी साधनको प्रदूषण अवस्था परीक्षण गर्दा झण्डै आधा संख्यामा रहेका सवारी साधनले सरकारले तोकेको वातावरणीय मापदण्ड नाघेको पाइएको थियो ।

प्राविधिक टोलीले मेसिनको सहायताले सवारी साधनको धुवाँ उत्सर्जन क्षमता मापन गरेको थियो ।

परीक्षणमा अनुतिर्ण भएका २२ वटै सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले नियमानुसार जरिवाना तथा कारबाही गरेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर घातक बन्दै गएपछि वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रुपमा सडकमा गुड्ने सवारी साधनमाथि निगरानी बढाएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *