सुनचाँदीको मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा बिहीबार (चैत १९) सुनको मूल्य घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ३६ सय रुपैयाँले घटेको हो ।
आजका लागि प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७ सय ८० रुपैयाँ कायम भएको छ ।
हिजो चार हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।














