एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु

Thankot Times

थानकोट।

माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको पहिलो दिनदेखि नै उत्तरपुस्तिका परीक्षण कार्य अघि बढाइएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहीबारदेखि परीक्षण प्रक्रिया सुरु गरिएको हो।

पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको थियो। परीक्षा सम्पन्न भएपछि सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु गरिएको जनाइएको छ।

कार्यालयले प्रत्येक विषयको परीक्षा सम्पन्न भएको तीन दिनभित्र परीक्षण कार्य सक्ने योजना बनाएको छ।

परीक्षण कार्य केन्द्राध्यक्षको नेतृत्वमा सञ्चालन हुनेछ भने निष्पक्षता कायम गर्न सम्बन्धित विद्यालयका शिक्षकलाई आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न अनुमति दिइने छैन।

यस वर्ष एसइईका लागि पाँच लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका छन्।

परीक्षा २९ गतेसम्म सञ्चालन हुने तालिका छ।

परीक्षण कार्य सम्पन्न भएपछि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *