नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त भएका छन्।

पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। दलका नेता प्रचण्डले बिहीबार सङ्घीय संसद् सचिवालयका महासचिवलाई औपचारिक पत्र पठाउँदै दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराएका छन्।

संसद् सचिवालयलाई पठाइएको पत्रमा युवराज दुलाललाई दलका तर्फबाट प्रतिनिधि सभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ।

नवनियुक्त प्रमुख सचेतक दुलाल सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *