जेन-जी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न गृह मन्त्री गुरुङ केएमसी पुगे

Thankot Times

थानकोट ।

गृह मन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेन-जी आन्दोलनका घाइतेहरूको  स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गएराति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए।

मन्त्री गुरुङ गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्ने बित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए ।

डा. सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ