थानकोटका युवा लागुऔषधसहित चेकपोष्टबाट समातिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका- ४ भल्का बस्ने २२ वर्षीय चिरञ्जीवी न्यौपाने र सोही नगरपालिका–२ मोतिपुर बस्ने २० वर्षीय विज्ञान भण्डारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय अर्जुन नाथ योगीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, मोरङको विराटनगर महानगरपालिका– १६ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अजयकुमार राय र ग्रामथान गाउँपालिका–६ बस्ने २३ वर्षीय निरञ्जन माझी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, रुपन्देहीको कञ्चन गाउँपालिका– ५ बरगदवाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ भगवती टोल बस्ने ३० वर्षीय दुर्गा सुवेदी र सोही गाउँपालिका–४ थकाली चोक बस्ने ३७ वर्षीय महेश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३५ वर्षीय अमृत कुँवर र कास्की पोखरा महानगरपालिका–२९ पट्नेरी बस्ने ४४ वर्षीय कुशबल गुरुङ रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ८०१ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चन्द्रागिरि नगरपालिका– ७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९३ ट्याब्लेटसहित थानकोट बस्ने २६ वर्षीय युवालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले थानकोटबाट गुर्जुधारातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेका कोहलपुर नगरपालिका–१० बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नगद ५ हजार रुपैयाँ सहित सोही नगरपालिका–१० कालिका नगर बस्ने ३४ वर्षीय रविचन्द्र घर्ती मगरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता, चितवनको रत्ननगर नगरपालिका–१ सौराहाबाट फेनारगन ७९ एम्पुल र नोर्फिन ७९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय अमन मन्सुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकही चोकबाट ट्रामाडोल १६ हजार ८ सय ट्याब्लेटसहित सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय सञ्जयकुमार यादवलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उता, दाङको घोराही उपमहानगरपालिका–१९ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित रोल्पा नगरपालिका–४ लोकतान्त्रिक टोल बस्ने २० वर्षीय खर्कलाल डाँगी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दुई खोलीबाट खटिएको प्रहरीले रा. ४ प ५१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *