श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद् हर्क साम्पाङको फेसबुक स्टाटसले खैलाबैला

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले पनि दाबी गरेको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले उपसभामुखका लागि आफूहरूले महिला उम्मेदवार खडा गर्ने बताए ।

उनले नयाँ पार्टी रास्वपाले आफू नेतृत्वको नयाँ पार्टी श्रम संस्कृतिलाई साथ दिने अपेक्षा व्यक्त गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ ।

अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *