शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
थानकोट ।
नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।














