प्रतिनिधि सभाका नवनिर्वाचित सभामुखले लिए सपथ
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आज (आइतबार) आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी लगायतको उपस्थिति थियो ।
तस्बिरः अभिषेक महर्जन














