आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुला हुने

Thankot Times

थानकोट ।

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।

इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

हिजोको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुनेछ ।

मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले हिजो नै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *