सुनको भाउ घट्यो
थानकोट ।
स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ४०० रुपैयाँमा झरेको हो ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँ घट्दै ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।














