प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

Thankot Times

थानकोट ।

काठमाडौँमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई व्यवस्थित बनाउन २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको गठनसहित सदस्यहरूको मनोनयन गरिएको जानकारी दिएका हुन्।

सभामुखका अनुसार समितिमा विभिन्न दलका प्रतिनिधित्व सुनिश्चित हुनेगरी सदस्यहरू चयन गरिएको छ।

मनोनीत सदस्यहरूमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी रहेका छन्।

यस्तै, क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव पनि समितिमा समावेश छन्। थप सदस्यहरूमा देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन्।

यो समिति प्रतिनिधि सभाको कार्यतालिका तय गर्ने, बैठक सञ्चालनलाई प्रभावकारी बनाउने तथा विधेयकहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने जिम्मेवारीमा रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *