राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित

Thankot Times

थानकोट ।

नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।

आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दङ्गालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

भण्डारी उपाध्यक्ष निर्विरोध निर्वाचित भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका सबै दलहरूकाे सहमतिमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *