सामान्य प्रशासन मन्त्रालयको आदेशपछि चन्द्रागिरिबासीले पाउने भए राहत !

Thankot Times

थानकोट ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ ।

सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशनसमेत दिइएको छ ।

मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना :


Leave a Reply

Your email address will not be published. Required fields are marked *