सञ्चार मन्त्रालयद्वारा १० नयाँ सुधार कार्यक्रम स्वीकृत (सूचीसहित)
थानकोट ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय सुधार कार्यान्वयन गर्न १० वटा मुख्य कार्यक्रम अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार तयार गरिएको योजनाले छरितो, नागरिकमैत्री र प्रविधिमैत्री सार्वजनिक सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।
नयाँ कार्यक्रम अन्तर्गत नागरिक एपमार्फत सरकारी सेवाहरू एकीकृत गर्ने, हुलाक सेवालाई सरकारी कुरियर प्रणालीमा रूपान्तरण गर्ने र सवारी चालक अनुमति पत्र छपाइ छिटो गर्ने जस्ता पहल समावेश छन्।
त्यस्तै, हुलाक सेवा मार्फत राहदानी, चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमका सिमकार्डसहित कागजातहरू ७७ जिल्लामा वितरण गरिनेछ। स्वास्थ्य परीक्षणका नमुना सुरक्षित रूपमा प्रयोगशालासम्म पुर्याउने व्यवस्था पनि कार्यान्वयन हुने मन्त्रालयले जानकारी दिएको छ।














