काठमाडौंमा मध्यरातमा गोली चल्यो, दुई जना पक्राउ

Thankot Times

थानकोट ।

प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले सोमबार (चैत २३) बेलुका रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *