मन्त्रिपरिषद्‌मा गृहमन्त्री सुधन गुरुङको वरीयता घटाइयो

Thankot Times

थानकोट ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् ।

मन्त्रिपरिषद्‌को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ ।

यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए ।

परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाइएको छ ।

चौथोमा रहेका उनलाई अब तेस्रो वरीयता दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ