राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

Thankot Times

थानकोट ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

डेपुटि गभर्नरको अवधि पाँच वर्षको हुनेछ।

पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए।

पण्डितले यसअघि राष्ट्र बैंक भित्र बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, भुक्तानी प्रणाली विभाग लगायतमा काम गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ