यातायातमा जोर-बिजोर प्रणाली लागू गर्ने नेपाल सरकारको तयारी

Thankot Times

थानकोट ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको सरकारले अब यातायातमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनबाट चल्ने सवारी साधनमा आवश्यक परे जोर-बिजोर प्रणाली लागू गरिने मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
उनले सरकारले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गरेको पनि उल्लेख गरिन् ।

विश्वमा पछिल्लो समय विकसित परिस्थितिका कारण पेट्रोलियम पदार्थको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि सरकारले आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

उनले इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सरकारले आवश्यक नीति तर्जुमा गर्ने पनि बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ