टेकुमा मृत भेटिए दिनेश

Thankot Times

थानकोट ।

मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला परेका प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित पचली घाटको पाटीमा ओखलढुंगा घर भएका ४० वर्षीय दिनेश धमला मंगलबार मृत फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका-२६ सिसाईस्थित नारायणी नदी किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

चितवनकै खैरहनी नगरपालिका-२, स्थित लदरी खोला पुलमुनि खैरहनी नगरपालिका-३ बस्ने ५० वर्षीय सनि चरा दराई मंगलबार मृत फेला परेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-१ चुना दुधेरी बस्ने ६९ वर्षीय राम कृष्ण भण्डारी सोही ठाउँस्थित शौचालयमा मंगलबार मृत फेला परेका प्रहरीले जनाएको छ ।

बागलुङको निसीखोला गाउँपालिका-४, जैथुम्कास्थित दोस्रो लघु जलविद्युत् आयोजनाको ओभरफ्लो पानी जाने कुलोमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यी घटनाहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *