मातातिर्थमा आफुमाथि सांघातिक आक्रमण भएको भन्दै ‘अभियन्ता’ महतले मागे सहयोग
थानकोट ।
आफुमाथि सांघातिक आक्रमण भएको भन्दै ‘अभियन्ता’ हरि महतले न्याय दिलाइदिन अनुरोध छन् ।
चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थ ढाक्सीमा मंगलबार (चैत्र २४ गते) दिउँसो महायज्ञको प्रचारप्रसार गरिरहेका बेला महतमाथि आक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
मोटरसाइकल चालकले लगाउने हेलमेटले आफुमाथि पटकपटक प्रहार भएको महतले जनाएका छन् ।
अहिले उनी सतुङ्गलस्थित एक अस्पतालमा उपचाररत रहेको केहीबेर अघि उनले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियोमा उल्लेख छ ।
यता प्रहरी वृत्त थानकोटले चेकपोष्टका हरि महतमाथि मंगलबार दिउँसो भएको भनिएको आक्रमणका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरी वृत्त थानकोट प्रमुख डीएसपी एलिजा गिरीकाअनुसार यस प्रकरणको प्रारम्भिक अनुसन्धानका क्रममा केही युवालाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान जारी छ ।
महत आउँदो बैशाख ११ देखि १९ गतेसम्म चन्द्रागिरि नगरपालिका-०७ चेकपोष्ट, घुमाउनेमा आयोजना हुने नवाह कथा महायज्ञमा सवा करोड दीप प्रज्वलन कार्यक्रमको संयोजन गरिरहेका छन् ।













