आईसीसी विश्वकप लिग-२ वैशाख १२ देखि काठमाण्डौमा शुरु हुने

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन् ।

साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग खेलिनेछ । नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ ।

नेपाल, ओमान र यूएईबीचको शृङ्खला यसअघि फागुन २६ गतेदेखि चैत ६ गतेसम्म कीर्तिपुरमा आयोजना हुने तय गरिएको थियो । तर, मध्यपूर्वमा उत्पन्न तनावलाई मध्यनजर गर्दै क्यानले विश्वकप लिग–२ का खेलहरू स्थगित गरेको थियो ।

पहिलो शृङ्खला सकिएपछि अर्को हप्ता नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच लिग–२ अन्तर्गतका खेलहरू हुनेछन् । नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग, जेठ २ गते अमेरिकासँग, जेठ ४ गते पुनः स्कटल्यान्डसँग र अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *