नेपाली बजारमा सुनको भाउ बढ्यो
थानकोट ।
नेपाली बजार आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा सात हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदी चार हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।













