कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज (चैत २५) कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् ।

बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

सोमबारको प्रतिनिधिसभा बैठकबाट २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *