चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम मन्त्रालयको सिफारिसअनुसार तय भएको राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा दुवै सदनलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *