बढेको भाडा विद्युतीय सवारीमा लागू नहुने

Thankot Times

थानकोट ।

सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ, तर यो वृद्धि विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार इन्धन मूल्यमा आएको परिवर्तनलाई आधार बनाएर भाडा समायोजन गरिएको हो र यो भाडा विद्युतीय सवारीसाधन बाहेकका साधनमा मात्र लागु हुनेछ। भाडा निर्धारणका लागि कुल १३ वटा सूचक विश्लेषण गरी इन्धन मूल्यमा भएको परिवर्तनलाई ध्यानमा राखिएको विभागले जनाएको छ।

हाल भाडा वृद्धिको नयाँ दर एक प्रदेशबाट अर्को वा एकभन्दा बढी प्रदेशमा यात्रा गर्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा लागू हुने व्यवस्था गरिएको छ।

छोटो दूरीको यात्रा, जस्तै एक सहरभित्र वा प्रदेशभित्रको भाडा निर्धारण भने सम्बन्धित प्रदेश सरकारले गर्ने गरेको विभागले उल्लेख गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *