राष्ट्रिय योजना आयोगमा ६ जना नियुक्त

Thankot Times

थानकोट ।

सरकारले राष्ट्रिय योजना आयोगकाे सदस्यमा ६ जनाको नाम टुंग्याएकाे छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यहरू नियुक्त गरे पनि उपाध्यक्ष डा. गुणाकर भट्टको बारेमा मात्रै सूचना सार्वजनिक गरिएको थियो ।

सरकारी स्रोतका अनुसार सरकारले नियुक्त गरेका सदस्यहरूमा रेशु अर्याल रहेकी छन् ।

उनी प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिका प्रमुख हुँदा शिक्षा सल्लाहकारको भूमिकामा थिइन् ।

त्यस्तै अन्य सदस्यहरूमा पाल्पाका अर्जुन थापा, काठमाडौंका देवेन्द्र गौचन, ललितपुरका पुकार मल्ल, काठमाडौंकै सुधन झा र संजय आचार्य रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *