पूर्वप्रधानमन्त्री ओली र पूर्वगृह मन्त्री लेखकलाई रिहा गर्ने निर्णय

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छोड्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार ओली र लेखकलाई रिहा गर्न लागिएको हो ।

हाजिर जमानतमा छोड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको प्रहरी स्रोतले बताएको छ ।

२३ र २४ भदाैमा भएको जेन–जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका आधारमा ओली र लेखक १४ चैतमा निवासबाटै पक्राउ परेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *