नेपाली बजारमा सुनको भाउ घट्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज बिहीबार (चैत २६) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो ।
आजका लागि सुनको भाउ तोलाको दुई हजार ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
हिजो बुधबार सुन तोलाको दुई लाख ९९ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ५० रुपैयाँले घटेर चार हजार ८ सय ७५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा किनबेच भएको थियो।














