१८ वर्षअघि धादिङमा भएको सवारी दुर्घटनाका फरार चालक समातिए
थानकोट ।
जिल्ला प्रहरी कार्यालय धादिङले १८ वर्षअघि भएको सवारी दुर्घटना ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार २०६४ साल साउन १४ बिहान १ बजे धादिङको बेनीघाट गाविस-८ विशालटारमा काठमाडाैंबाट नारायणगढतर्फ गइरहेको बा १ झ ५२२५ नम्बरको ट्रक दुर्घटना हुँदा सोही ट्रकमा रहेको एक पुरुष घाइते भइ उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा सोही दिन बिहान ६ बजे मृत्यु भएपछि सो ट्रकका चालक दुर्गा बहादुर हमाल ठकुरी फरार भएका थिए ।
फरार रहेका ठकुरी बिहीबार (चैत्र २६) समातिएका हुन् ।
उनीमाथि धादिङ जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














