राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको रास्वपा प्रवक्ता तथा सांसद मनिष झाले जनाएका छन् ।
उपसभामुखको निर्वाचन आजै हुँदैछ ।
त्यसअघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।
उपसभामुखमा श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् ।
ठाकुरलाई रास्वपाको समर्थन छ ।













