जय ट्रफीमा ६ टोलीको सहभागिता रहने
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी पुरुष एलिट कपमा सहभागी हुने टोलीको संख्या बढाएको छ ।
अबदेखि प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जानकारी दियाे ।
यसअघि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टाेलीले मात्र जय ट्रफीमा सहभागिता जनाउन पाउने थिए । अब शीर्ष ६ टाेलीले खेल्ने मौका पाउने छन् ।
यसै, महिना सम्पन्न जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । याे नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिता हो । प्रतियोगिताको लिग चरण दुईदिवसीय तथा फाइनल तीनदिवसीय फर्म्याटमा हुँदै आएको छ ।
खेलाडीलाई लामो फर्म्याटमा अभ्यस्त बनाउन र नेपालको टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य पूरा गर्नका लागि जय ट्रफी महत्त्वपुर्ण मानिएको छ ।













