नेपालले युएईसँग त्रिवि मैदानमा टी-२० सिरिज खेल्ने

Thankot Times

थानकोट ।

नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल र युएईबीच वैशाख ६ र ७ गते दुई खेलको टी-२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ।

यसअघि मध्यपूर्वको तनावको कारण स्थगित भएको नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।

नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म सिरिज हुनेछ। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका भिड्नेछन्।

लिग-२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। पुछारको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *