सांसद् प्रदिप विष्ट संसदको पूर्वाधार विकास समिति सदस्यमा मनोनित
थानकोट ।
काठमाडाैं क्षेत्र नं. १० का संघीय सांसद् प्रदिप विष्ट संसद्को पूर्वाधार विकास समिति सदस्यमा मनोनित भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद् प्रदिप विष्टलाई संसदको पूर्वाधार विकास समिति सदस्यमा मनोनित गरिएको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएको ९ दिनमै सबै संसदीय समिति गठन भएको छ ।
संघीय संसद्अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ति समिति यसअघि नै गठन भइसकेका छन् ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।
संसदीय सुनुवाई समिति पनि शुक्रबार नै गठन भएको छ ।
जसको सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की, वर्षमान पुन रहेका छन् ।
बैशाख ४ गते यी समिति सभापतिको निर्वाचन हुनेछ ।













