वैदेशिक रोजगार विभागका सुब्बा घुससहित पक्राउ
थानकोट ।
वैदेशिक रोजगार विभागमा कार्यरत सुब्बा घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ हजार रूपैयाँ घुस र स्रोत नखुेलको ७७ हजार ६०० रूपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विभागको ताहाचलस्थित कार्यालयमा कार्यरत नायब सुब्बा हेमबहादुर मर्साङ्गी रहेका छन् ।
वैदेशिक रोजगारीमा ठगीसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीबाट घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।













