नयाँ भाडादर सार्वजनिक, काठमाडाैं-धादिङबेसीको भाडा ३१२ रुपैयाँ, अन्य गन्तव्यको कति ?
थानकोट ।
बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यो काठमाडौँ उपत्यकाभित्र र काठमाडौँबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजन गरिएको भाडादर हो ।
नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्र यात्रुवाहक सवारीमा २५.९६ प्रतिशत भाडा वृद्धि गरिएको छ। उपत्यका बाहिरका सवारीमा १७.३५ प्रतिशत, ट्याक्सी सेवामा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतसम्म भाडा बढाइएको छ।
मन्त्रालयका अनुसार बजार मूल्यको उतारचढाव, इन्धन मूल्य वृद्धि र सञ्चालन लागत बढेका कारण भाडा समायोजन गरिएको हो। विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९-०१-०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।
एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ । यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।
हेर्नुहोस् भाडादर सूची :














