वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स

Thankot Times

थानकोट ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग भएको वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किएका छन् ।

उनी इस्लामावादबाट वाशिङ्टनतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । प्रस्थानअघि उनले हात हल्लाउँदै बिदाइ जनाएका थिए ।

करिब २१ घण्टा चलेको उच्चस्तरीय वार्तामा दुवैपक्षबीच सहमति हुन नसकेपछि अमेरिकी प्रतिनिधिमण्डलले वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको छ । वार्तामा इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताइएको छ ।

यससँगै अमेरिकी टोली अब वाशिङ्टन फर्किएको छ, र वार्ताको भविष्य अनिश्चित बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *