दक्षिणकालीमा कार दुर्घटना हुँदा ३४ वर्षीय खड्काले गुमाए ज्यान
थानकोट ।
काठमाडाैंकाे दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा कार दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दक्षिणकाली–८ रानीडाँडा, केरावारी–सितचोक नजिक सडकबाट खस्दा खड्काकाे मृत्यु भएकाे हाे ।
कार सडकबाट करिब ७ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













