कराते लिग वान प्रिमियरमा एरिका गुरुङलाई रजत पदक
थानकोट ।
चीनकाे लेसनमा जारी कराते वान प्रिमियर लिगमा एरिका गुरुङले लगातार दोस्रोपटक रजत पदक जितेकी छन् ।
चीनमा आइतबार भएको महिला ६८ केजीमाथिकाे फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरत्सेभीसँग २-१ ले पराजित भइन् ।
यसअघि गत वर्ष टर्कीमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिका फाइनलमा सोफियासँगै पराजित भएकी थिइन् ।
सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिकाले फाइनलमा स्थान बनाएकी थिइन् ।
यसैगरी एरिकाले क्वार्टरफाइनलमम स्लोभाकियाकी मारिया जिबरेत जाला तथा समूह चरणमा मोन्टेनेग्रोकी जोमाना डामजानोभिच र डब्लूकेएफकी मारिया मालाखाभालाई सेन पराजित गरेकी थिइन् ।













